Market Closed

तिनाउको लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा आजेदेखि फिर्ता, पैसा बैंक खातामै जम्मा हुने

17 Jul,2017
  • Refund_7_17_2017_3_33_00.jpg
नेपाली पैसा
 
काठमाडौं : तिनाउ विकास बैंकले आज (सोमबार) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन थालेको छ । आवेदकले आफ्नो फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिदिने बैंकले जनाएको छ । यदी कुनै कारणवस आफ्नो खातामा रकम जम्मा नभएको खण्डमा भने सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा सम्पर्क गर्न बैंकले लगानीकर्तालाई आग्रह गरेको छ । बैंकले असार २० गतेदेखि २७ गतेसम्म सर्वसाधारण समूहको ३१ हजार ४९७.५१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । यसको बाँडफाँट गत बिहीबार  गरिएको थियो ।
 
यसअघि तिनाउले वैशाख १९ गतेदेखि जेठ २२ गतेसम्म ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर लिलामी गरेको हो । तिनाउको लिलामीमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ३९ करोड ६६ लाख ६७ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्रीपछी भने बैंकको चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार ९२१.८८ रुपैयाँ पुग्नेछ । तेस्रो त्रैमासमा बैंकले ७ करोड ८० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तिनाउको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा छ ।

Post Your Comment