Market Closed

तिनाउले पनि दिने भयो १०% बोनसका साथमा ५% नगद लाभांश

17 Sep,2017
  • Tinau-development-bank_9_17_2017_11_39_21.jpg
नेपाली पैसा
 
काठमाडौं : तिनाउ विकास बैंकले १०% बोनस सेयर र ५% नगद लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार ९२१.८८ रुपैयाँबाट बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । राष्ट्र बैंक र आगामी साधारण सभाबाट प्रस्ताव स्कीकृत भएपछि वितरण अघि बढ्नेछ । तिनाउले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ करोड ६७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर अम्दानी २१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३२ पैसा छ ।
 

Post Your Comment