Market Closed

तिनाउको १०% बोनसपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

06 Dec,2017
  • Tinau-development-bank-L_12_6_2017_10_56_44.jpg
नेपाली पैसा
 
काठमाडौं : तिनाउ विकास बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २२५ रुपैयाँ कायम भएको छ । बुधबार यसको सेयर कारोबार पनि २२५ रुपैयाँलाई नै आधार मानेर खुलेको छ । यो बैंकको औसत आधार मूल्य भने ३१२ रुपैयाँ छ । तिनाउले पुस ८ गते वार्षिक साधारण सभा गर्न बुधबार बुक क्लोज गरेको हो । सभामा बैंकले जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्दैछ । सभा क्लब डेनेभो प्रालि. बुटवल कालिकानगरमा बिहान ९ बजेबाट सुरु हुनेछ । हाल बैंकको चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तिनाउले १ करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८२ पैसा छ ।
 
 
 
 

Post Your Comment