Market Closed

तिनाउको प्रगतिमा किन लाग्यो ठेस, खुद नाफा ३०.९४% ले लाग्यो ओरालो

18 Apr,2018
  • Tinau-development-bank-L_4_18_2018_11_35_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ३८ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत वर्ष भन्दा नाफा ३०.९४% ले थोरै हो । गत वर्ष तिनाउले ७ करोड ८० लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, खुद ब्याज आम्दानी पनि २०% ले ओरालो लागेर १२ करोड १ लाख ४९ हजारमा सीमित भएको छ । गत वर्ष यही त्रैमासमा बैंकले १५ करोड ५ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । 
 
सञ्चालन नाफा पनि ११ करोडबाट घटेर ७ करोड १५ लाख ५१ हजार रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा त्यसको असर खुद नाफामा देखिएको हो । निक्षेप ३ अर्ब ६७ करोडबाट बढाएर ४ अर्ब ४८ करोड ३५ लाख ८४ हजार रुपैयाँ पुर्याएको यस बैंकले ३ अर्ब ७९ करोड ९३ लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
 
चुक्ता पुँजी ५० करोड ६९ लाख ३४ हजार रुपैयाँ रहेको तिनाउको रिजर्भ कोषमा १२ करोड ९७ लाख ६७ हजार रुपैयाँ मात्र छ । बैंकलाई चुक्ता पुँजीलाई मजबुत बनाउनुपर्ने चुनौती पनि थपिएको छ । खराब कर्जा पनि थोरैले बढेर ०.३७% पुगेको छ । गत वर्ष खराब कर्जा ०.३०% मात्र थियो ।

तिनाउको कर्जा निक्षेप अनुपात ७४.२०% छ । कस्ट अफ ६.५९% बाट बढेर ८.९६% पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ १ पैसा (वार्षिक) रहेको तिनाउको प्रतिसेयर नेटवर्थ भने १२५ रुपैयाँ ६० पैसा छ । 
 

Post Your Comment