Market Closed

तिनाउले १०% बोनस खातामै पठायो, सेयर डिम्याट नगरेसम्म पाइंदैन बोनस

19 Apr,2018
  • Tinau-development-bank-L_4_19_2018_5_21_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : तिनाउ विकास बैंकले १०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले मंसिर १९ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको मात्र बोनस जम्मा गरिदिएको हो । हालसम्म पनि सेयर डिम्याट नगरेकाहरुलाई पनि बैंकले जति सक्दो छिटो डिम्याट गर्न आग्रह गरेको छ । 
 
यस्तै, डिम्याट खाता नखोलेका सेयरधनीलाई तत्काल खाता खोल्न तिनाउले अनुरोध गरेको छ । खाता खोलेर सेयर डिम्याट गरेपछि मात्र बोनस सेयर खातामा जम्मा हुनेछ । तिनाउको गत पुस ८ गते सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट १०% बोनस र ५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 
 
बुधबार मात्रै चालु आर्थिक वर्षको रिपोर्ट सार्वजनिक गरेको तिनाउको चुक्ता पुँजी ५० करोड ६९ लाख ३४ हजार रुपैयाँ रहेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ३८ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

नाफा गत वर्ष भन्दा नाफा ३०.९४% ले थोरै हो । प्रतिसेयर आम्दानी १४ रुपैयाँ १ पैसा (वार्षिक) रहेको तिनाउको प्रतिसेयर नेटवर्थ भने १२५ रुपैयाँ ६० पैसा छ । 
 

Post Your Comment