Market Closed

तारागाउँ रिजेन्सी होटेल्सको जेठ २४ मा एजीएम, लाभांश सुरक्षित गर्न बिहीबार अन्तिम मौका

15 May,2019
  • taragaon-regency-hotel-ltd_3_2_5_29_2018_10_56_44.jpg
नेपाली पैसा
 
काठमाडौं : तारागाउँ रिजेन्सी होटेल्सले जेठ २४ गते साधारण सभा बोलाएको छ । साधारण सभा नेपाल प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि तारागाउँले जेठ ३ गते शुक्रबारदेखि जेठ २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, जेठ २ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

तारागाउँले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई १२.६३% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजाँदैछ । सभामा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गरी अनुमोदन गर्ने लगायतका प्रस्ताव राखिएका छन् । 

तारागाउँ रिजेन्सी होटेल्सको साधारण सभा सम्बन्धी जानकारी यहाँबाट लिनुहोस् । 
 

Post Your Comment