गुहेश्वरी र युनाइटेड फाइनान्सको लिलामी सेयरमा बोलपत्र भर्ने आज अन्तिम दिन

09 Jan,2017
  • auctoinss_1_9_2017_1_43_12.png
नेपाली पैसा
 
काठमाडौं : गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड र युनाइटेड फाइनान्सले लिलामीमा बिक्री खुला गरेको सेयरमा बोलपत्र पेस गर्ने सोमबार अन्तिम दिन हो । गुहेश्वरीले हकप्रद निष्कासनमा बिक्री नभएको सर्वसाधारण समूहको २८ हजार २८९.५० कित्ता सोमबारसम्म लिलामीमा बिक्री खुला गरेको थियो । लगानीकर्ताले न्यूनतम मूल्य एक सय रुपैयाँ भन्दा माथि मूल्य राखी बोलपत्र फारम भर्नुपर्नेछ ।
 
 गुहेश्वरीले गत असोज २१ गतेदेखि कात्तिक २५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदकले एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौंबाट फारम लिन र बुझाउन सक्नेछन् । बोलपत्र पुस २६ गते दिउसो ३ बजे एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौमा खोलिनेछ ।
 
यसैगरी, युनाइटेड फाइनान्स लिमिटेडले पनि लिलामीमा बिक्री गरेको सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन हो । कम्पनीले हकप्रद निष्कासनमा बिक्री नभएको सर्वसाधारण समूहको १८ हजार २५३ कित्ता सेयर सोमबारसम्म लिलामीमा बिक्री खुला गरेको हो । न्यूनतम मूल्य एक सय रुपैयाँभन्दा माथि मूल्य राखी बोलपत्र फारम भर्नुपर्नेछ । 
 
यसअघि फाइनान्सले असार ३० देखि भदौ २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । आवेदकले संस्थाको मुख्य कार्यालय आई जे प्लाजा दरबारमार्ग काठमाडौंबाट बोलपत्र भर्न सक्नेछन् । बोलपत्र पुस २६ गते दिउसो ३ बजे आई जे प्लाजा, दरबारमार्ग काठमाडौंमा खोलिनेछ ।