Market Closed

युनाइटेड फाइनान्स : कम्पनी विश्लेषण (सोमवार, ८ कात्तिक २०७३)

24 Oct,2016
  • united_finance_resize_10_24_2016_11_03_26.png

२०७२/७३ आवको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा साढे २ गुणा बढेको छ । कम्पनीको असोज २१ गते भएको साधारणसभाले २१ प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभरसोल्ड जोन (२४ दशमलव ४५  स्केल)मा छ । विक्री चाप बढेकोे छ ।

स्ट्याण्डर्ड डेभिएशन : ४७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको शेयरमूल्य सातदिने रेखा, २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ४ सय २२ मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. ४ सय ७५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७२/७३ आर्थिक वर्ष र २०७३/७४ आर्थिक वर्षबीच तुलना गर्दा :
- कम्पनीको पहिलो त्रैमासमा नाफा साढे २ गुणा बढेर रू. १ करोड २ लाख पुगेको छ । खुद ब्याज आम्दानी ११ प्रतिशत र गत आवमा रहेको रू. ३२ लाख ११ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल हुनाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा १ सय १७ प्रतिशतबाट घटेर ६३ प्रतिशतमा सीमित भएको छ ।  

- ब्याज आम्दानी शून्य दशमलव ४१ प्रतिशत घटेर रू. ११ करोड ६२ लाख र ब्याज खर्च ६ दशमलव ९२ प्रतिशत घटेर रू. ६ करोड ९३ लाख मा सीमित भएको छ ।

- सञ्चालन नाफा १८ दशमलव १६ प्रतिशत घटेको छ । कर्मचारी खर्च ८ दशमलव ३० प्रतिशत, अन्य सञ्चालन खर्च १० दशमलव ९५ प्रतिशत र कुल सञ्चालन नाफा १५ दशमलव ३४ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ३ दशमलव ५६ प्रतिशत बढेको छ भने अन्य सम्पत्ति ९ दशमलव ३९ प्रतिशत घटेको छ ।

- सम्भावित जोखीमबापतको व्यवस्थामा रकम करीब १६ प्रतिशत बढाएर रू. ३ करोड २९ लाख छुट्ट्याइएको छ ।

- पूँजीकोष लागत ६ प्रतिशत र पूँजीकोष पर्याप्तता १७ प्रतिशत रहेको छ ।

- कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात करीब २३ गुणा, प्रतिशेयर आम्दानी रू. ८१  दशमलव ४३ र मूल्य आम्दानी अनुपात साढे ८१ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे ३ गुणा छ ।

Post Your Comment