Market Closed

उन्नतिको २०% हकप्रद सेयर बाँडफाँट, ८ हजार कित्ता लिलामीमा आउने

17 Apr,2019
  • unn_3_6_2018_10_53_01.jpg
नेपाली पैसा
 
काठमाडौं : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको २०% हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ लाख १ हजार १०५ कित्ता हकप्रद मात्र बाँडफाँट भएको छ । ८ हजार ८९५ कित्ता हकप्रद सेयर बिक्री हुन बाँकी देखिन्छ । 
 
तसर्थ, उन्नतिले बिक्री हुन बाँकी उक्त सेयर लिलामी प्रक्रियामा ल्याउने छ । हाल उन्नतिको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । निष्कासन भएको २०% हकप्रद सेयर सबै बिक्री भएपछि पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यस्तै, उन्नतिको माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट ४०.५०% बोनस र २.१३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । 
 
यो बोनसपछि भने चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । साथै, सभाबाट बोनसपछिको पुँजीबाट फेरि अर्को २०% हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित भएको छ । 

Post Your Comment