Market Closed

युनाइटेड मोदीको खुद नाफा ७४.९१% बढ्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा

06 Feb,2018
  • United-modi-hydropower-co_2_6_2018_11_08_45.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ४९ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्ष यही अवधिको तुलनामा खुद नाफा ७४.९१% ले वृद्धि गरेको हा । गत वर्ष मोदीले ३ करोड १४ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले व्यवसाय सञ्चालनबाट १६ करोड ८० लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १२.२६% धेरै हो । युनाइटेड मोदीको सेयर पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । सेयर पुँजी गत वर्ष ९७ करोड ७५ लाख रुपौयाँ मात्र थियो । कम्पनीको रिजर्भ कोषमा भने ५ करोड ९८ लाख ४० हजार रुपैयाँ मात्र जम्मा भएको छ । युनाइटेड मोदीको प्रतिसेयर आम्दानी (वार्षिक) ४ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ २० पैसा छ ।

 
 
 

Post Your Comment