Market Closed

युनाइटेड मोदीको खुद नाफा २०.४१% बढ्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा

10 May,2018
  • United-modi-hydropower-co_2_5_10_2018_10_57_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ६४ लाख ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिको तुलनामा खुद नाफा २०.४१% ले वृद्धि गरेको हो । गत वर्ष मोदीले ४ करोड ६८ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
व्यवसाय सञ्चालनबाट पनि २२ करोड ६७ लाख १ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा यो ६.०७% धेरै हो ।

युनाइटेड मोदीको सेयर पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । रिजर्भ कोषमा ६ करोड १३ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत वर्ष सेयर पुँजी गत वर्ष ९७ करोड ७५ लाख रुपौयाँ मात्र थियो । यस कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३४ पैसा छ । 
 
 
 

Post Your Comment