Market Closed

युनाइटेड मोदीको एजीएम आज, ५% नगद सहित अन्य यस्ता छन् प्रस्ताव

27 Dec,2018
  • United-modi-hydropower-co_2_5_10_2018_10_57_46.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा युनाइटेड वल्र्ड ट्रेड सेन्टर हल, त्रिपुरेश्वर काठमाडौंमा बिहीबार बिहान ११ बजे सुरु हुँदैछ । कम्पनीले ५% नगद लाभांश दिने पस्ताव पेश गर्दैछ । मोदीले नगद लाभांशका लागि ५ करोड ७५ लाख रुपैयाँ खर्च गर्नेछ । गत वर्ष पनि कम्पनीले ५% नै नगद लाभांश दिएको थियो ।
 
कम्पनीको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ देखि बिहीबार (पुस १२ गते) सम्म बुक क्लोज गरेको छ । मंसिर २४ गते सम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यही चुक्ता पुँजीबाट ५% नगद लाभांश दिन लागेको हो ।

युनाइटेड मोदीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा छ । 
 
 
 
 
 
 
 

Post Your Comment