Market Closed

युनिभर्सल पावरको के छ हालखबर ?

14 Feb,2020
  • 1_3_21_2019_12_00_56.jpg
नेपाली पैसा
 
काठमाडौं : युनिभर्सल पावर कम्पनीले अझै विद्युत उत्पादन गर्न सकेको छैन । निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएकाले अहिलेसम्म पनि विद्युत उत्पादन हुन नसकेको हो । कम्पनीका अनुसार यसअघि निर्धारित योजना अनुसार काम सम्पन्न हुन नसक्नुमा २०७२ सालको भूकम्प, त्यसपछि उत्पन्न नेपाल भारत सिमा अवरोध र नेपाल विद्युत् प्राधिकरणबाट ट्रान्समिसन लाइन निर्माणमा भएको ढिलाइ लगायत कारण विद्युत् उत्पादन हुने मिति संशोधन भएको आयोजनाले जनाएको छ ।
 
हाल यस जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ । व्यापारिक उत्पादन सुरु भई नसकेकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा पनि कम्पनीले विद्युत् बिक्रीबाट आम्दानी गर्न सकेको छैन । पुस मसान्तसम्म कम्पनीको आयकर कट्टी पछिको नाफा ३ करोड २ लाख ८० हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा अन्य स्रोतबाट हुने आम्दानी ४ करोड ५० लाख रुपैयाँ रहेको छ ।
 
हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड ४७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७८ पैसा (वार्षिक) ७३ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ५६ पैसा छ । 
यस कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा निर्माण गरिरहेको ११ मेगावाटको जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । त्यसैगरी, कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी सम्झौता भइसकेको छ ।

 

Post Your Comment