Market Closed

यी ४ लघुवित्तको साधारण सभा एकैसाथ सुरु, यस्ता छन् लाभांश एजेन्डा

13 Jan,2019
  • AGM_1_13_2019_11_20_48.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा सूचीकृत ४ वटा लघुवित्त कम्पनीको वार्षिक साधारण सभा सुरु भएको छ । फरवार्ड कम्युनिटी, महुली, एनएमबि र सिभिल लघुवित्तको साधारण सभामा आइतबार ११ बजेदेखि सुरु भएको हो । कम्पनीहरुले सभामा लाभांश प्रस्ताव पेश गरेका छन् । 
 
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय दुहबी, सुनसरीमा सुरु भएको हो । सभामा फरवार्डले गत वर्षको कमाईबाट ४५% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरेको छ । कम्पनीले २५% बोनस र २०% नगद लाभांश वितरण गर्न लागेको हो ।
 
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पनि केन्द्रीय कार्यालय सप्तरीमा सुरु भएको छ । सभामा महुलीले २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीले गत वर्षको कमाईबाट २०% बोनस सेयर र १.०५% नगद लाभांश वितरण गर्न लागेको हो ।
 
यता, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारण सभा ह्वाइट हाउस पार्र्टी प्यालेस, सृजनाचोक पोखरामा बस्दैछ । एनएमबिले सभामा १५% बोनस वितरण गर्ने प्रस्ताव लगेको छ । त्यस्तै, कर तिर्न ०.७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश भएको छ ।
 
सिभिल लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा होेटल अर्किड त्रिपुरेश्वर, काठमाडौंमा सुरु भएको छ । सभामा कम्पनीले ४% बोनस सेयर र ३.५% नगद लाभांश दिने प्रस्ताव सभामा पेश गरेको छ । सिभिलले प्रस्तावित ४% बोनस सेयरपछि कायम हुने चुक्त पुँजीबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पनि साधारण सभामा पेश गरेको छ ।

Post Your Comment