Market Closed

तामाकोशीले सञ्चयकर्ता र कर्मचारीको सेयर खातामा पठाउने, डिम्याट गर्न आग्रह

16 Jan,2019
  • upper_tamakoshi_8_12_2016_3_58_37.png
नेपाली पैसा
 
काठमाडौं : अपर तामाकोशी हाइड्रोपावरले सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई भौतिकरुपमा रहेको सेयर डिम्याट गर्न आग्रह गरेको छ । तामाकोशीले हितग्राही खातामा सेयर पठाउन भौतिकरुपमा रहेको सेयर डिम्याट गर्न भनेको हो । 
 
तामाकोशीले पहिलो चरणमा सञ्चयकर्ता र कर्मचारीहरुलाई २ करोड ५४ लाख १६ हजार कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले उक्त सेयर र सर्वसाधारणलाई बिक्री गरेको आइपीओ नेप्सेमा सूचीकृत गरी कारोबार पनि सुरु भइसकेको छ । कम्पनीले १० करोड ५९ लाख कित्ता सेयर सूचीकरण गराएको हो । 
 
तामाकोशीको सूचीकृत सेयर सञ्चयकर्ता, कर्मचारी र सर्वसाधारणले बिक्री गर्न सक्नेछन् । यसका लागि पनि भौतिकरुपमा रहेको सेयर डिम्याट गर्न जरुरी हुन्छ । हितग्राही खाता नभएका सेयरधनीहरुले खाता खोली सेयर प्रमाणपत्र अभौतिक गराउन सक्नेछन् ।

Post Your Comment