Market Closed

माथिल्लो तामाकोशीको सेयरमा भयो अधिक चलखेल, आम लगानीकर्ता जोखिममा

20 Jan,2019
  • threat_1_20_2019_1_38_08.png
नेपाली पैसा 
 
काठमाडौं : माथिल्लो तामाकोशीको सेयरमा साना र नयाँ लगानीकर्ता फस्ने सम्भावना बढेको छ । तामाकोशीको सेयरका सम्बन्धमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्ता फसाउने रणनीति बनाएको देखिन्छ । कारोबार खुलेदेखि निरन्तर सर्किट ब्रेकर लाग्दै आएको यो कम्पनीको सेयर भाउमा आइतबार निकै उतारचढाव आइरहेको छ ।

छिनछिनमा धेरै रकम तलमाथि गरेर भाउमा उतारचढाव ल्याउने काम भइरहेको छ । यही बेला नेप्सेको सिस्टममा पनि केही बेर समस्या आएको भनिएको छ । यो समस्या अहिले समाधान भइसकेको नेप्सेले जानकारी दिएको छ । सोमबार ३४२ रुपैयाँसम्म पुगेको तामाकोशीको सेयर फेरि घटेर ३०० रुपैयाँ हाराहारीमा आयो । छिनछिनमा भाउ निकै ठूलो अन्तरमा तलमाथि गरिरहेको छ । 
 
तामाकोशीको सेयर सुरु भएको ठ्याक्कै १ साता भएको छ । पुस २९ गते आइतबार कारोबार सुरु भएको हो । यसले पहिलो दिन सेयर कारोबारका लागि ओपनिङ रेन्ज ७४ रुपैयाँ ८९ पैसादेखि २२४.६७ पैसा पाएको थियो । पहिलो दिनमै तामाकोशीको अधिकतम रेन्ज २२४ रुपैयाँमै कारोबार भयो । त्यसपछि प्रत्येक दिन सर्किट ब्रेकर लागेर कारोबार हुन थाल्यो ।

कारोबार खुलेको दोस्रो दिन सोमबार नेप्सेको सिस्टमा समस्या आउँदा ५०% ले भाउ बढेको देखाइएको थियो । त्यस दिन नेप्सेले रेन्जभन्दा बाहिर गएको कारोबार रोकेको थियो । त्यस आधारमा हेर्दा १ सातामा तामाकोशीको भाउ करिब ५२% ले भाउ बढाएको देखिन्छ ।

यद्दपि, अहिले भाउ निकै अस्थिर भएको देखिन्छ । म्युचअुल फन्ड, केही लगानीकर्ता र केही सञ्चार माध्यमको समेत मिलेमतोमा बजार अनावश्यक उतारचढाव ल्याउँदा आम लगानीकर्ता फस्ने स्पष्ट संकेत देखिएको छ ।
 

Post Your Comment