Market Closed

माथिल्लो तामाकोशीको सेयरमा टाठाबाठाको खेल, सर्वसाधारण लगानीकर्तामाथि यसरी भयो झेल

21 Jan,2019
  • price_img_1_21_2019_2_39_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : माथिल्लो तामाकोशीको सेयर भाउ सर्किट लागेर तल झरेको छ । भाउ करिब १०% ले ओरालो लागेको हो । यसअघि प्रत्येक दिन ४० र ५० कित्ताका दरले किनेर भाउ उचालिएको तामाकोशीको सेयरमा आइतबारदेखि बिक्री चाप देखिएको हो । केही लगानीकर्ताले अधिक चलखेल गरेर भाउ अस्वभाविक रुपमा वृद्धि गरिएको थियो ।

तिनैले अहिले फेरि एकाएक बिक्री चाप बढाइदिंदा आम लगानीकर्ता बेस्सरी फस्ने सम्भावना बढेको छ । अनर्गल प्रचार गरेर भाउ बढाउने काम भएको थियो । अहिले फेरि त्यही समूह भाउ घटाउन पनि तल्लीन रहेको देखिन्छ । विशेष गरी अल्पकालीन कारोबारीले फाइदा कमाउने दाउ यसमा बनाएको देखिन्छ ।

म्युचुअल फन्डहरुले पनि सोही रणनीति अवलम्बन गरेको स्रोतहरुको भनाई छ । यो समाचार तयार पार्दासम्म तामाकोशीको भाउ २६३ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । यसको भाउ बढाएर आइतबार पहिलो सत्रमा ३४२ रुपैयाँसम्म पुर्याइएको थियो । तामाकोशी आकर्षक कम्पनी भए पनि यसले लाभांश दिन केही समय लाग्नेछ । परियोजना अझै पूर्णरुपमा सम्पन्न भइसकेको छैन । 

माथिल्लो तामाकोशीको सेयरमा भयो अधिक चलखेल, आम लगानीकर्ता जोखिममा

 

Post Your Comment