Market Closed

माथिल्लो तामाकोशीको आइपीओ कतिले भरे, यस्तो आयो पछिल्लो तथ्यांक

06 Nov,2018
  • ipo_11_1_2018_3_26_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : माथिल्लो तामाकोशी हाइड्रोपावरको आइपीओमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताको लागि सेयर भरेका हुन् । अझै केही बैंकहरुबाट प्राप्त विवरण भेरिफाई गर्ने काम भइरहेको छ । आवेदनमा केही गल्ती कमजोरी पनि भेटिएका छन् ।

यसर्थ यो तथ्यांक थोरै परिवर्तन हुन सक्ने बिक्री प्रबन्धकको भनाई छ । आवेदन भर्दा प्रक्रिया पूरा नभएकाहरुको आवेदन रद्द हुने भएकाले आवेदक संख्या र रकम केही घट्न सक्ने देखिएको छ । सबैले सेयर पाउनेछन् । अहिलेको आवेदन संख्या हेर्दा ५० कित्ता भन्दा कम सेयर पर्ने देखिएको छ । 
 
बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले तथ्यांक भेरिफाई गर्ने काम भइरहेको र कतिपय आवेदनमा त्रुटीसमेत भेटिएकाले आवेदक संख्या र रकम केही घट्न सक्ने नेपाली पैसालाई जानकारी गराए । 
 
माथिल्लो तामाकोशीले कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको हो । यसमा सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको थियो । न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । 
 
बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् । यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १०% (१ करोड ५ लाख ९० हजार कित्ता) आइपीओ निष्काशन गरिसकेको छ । यो बाँडफाँट समेत भइसकेको छ ।  
 

Post Your Comment