Market Closed

विजय लघुवित्तको १००% हकप्रद स्थगित, राष्ट्र बैंकले दिएन स्वीकृति

15 Apr,2019
  • Webp.net-resizeimage_(1)_11_12_2018_1_14_22.jpg
नेपाली पैसा
 
काठमाडौं : विजय लघुवित्त वित्तीय संस्थालाई १००% हकप्रद जारी गर्न राष्ट्र बैंकले रोक लगाएको छ । विजयको पुस १४ गते बसेको वार्षिक साधारण सभाले १०% बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । तर सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्न केन्द्रीय बैंकले रोक लगाएको हो ।
 
राष्ट्र बैंकले विजयलाई १०% बोनस सेयर वितरण गरी चुक्त पुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ कायम गर्न मात्र स्वीकृति दिएको छ । राष्ट्र बैंकबाट हकप्रद जारी गर्न स्वीकृत नभएपछि हाललाई उक्त प्रस्ताव स्थगन गरिएको कम्पनीले जनाएको छ । यसअघि विजयले १००% गरी पुँजी ३८ करोड ९६ लाख २० हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको थियो ।

Post Your Comment