Market Closed

वोमी माइक्रोफाइनान्स ३०% हकप्रद अनुमति लिन पुग्यो धितोपत्र बोर्ड, अब चुक्ता पुँजी कति ?

19 Jan,2018
  • Womi-microfinance-bittiya-sansth_1_19_2018_1_36_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले ३०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीको कात्तिक ३० गते सम्पन्न सभाले २०% बोनस वितरण गर्ने र ३०% हकप्रद निस्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । २०% बोनसपछि कम्पनीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीले यही चुक्ता पुँजीबाट ३०% हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद पछि भने कम्पनीको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वोमीले ७३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ १७ पैसा रहेको वोमीको प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ३० पैसा छ । 
 
 
 
 

Post Your Comment