Market Closed

वोमी माइक्रोफाइनान्सलाई ३०% हकप्रद बेच्न धितोपत्र बोर्डले दियो अनुमति

04 May,2018
  • Womi-microfinance-bittiya-sansth_5_4_2018_3_12_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले ३०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँबाट ३०% हकप्रद बिक्री गर्न लागेको हो ।

हकप्रद पछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वोमीले २ करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५० रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७० रुपैयाँ ४१ पैसा छ । 
 
 
 
 

Post Your Comment