Market Closed

वोमी माइक्रोफाइनान्ले ३०% हकप्रद ल्याउन कहिले गर्ने भयो बुक क्लोज ?

10 May,2018
  • Womi-microfinance-bittiya-sanstha-Ltd_5_10_2018_1_19_19.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले ३०% हकप्रद जारी गर्न जेठ ४ मा बुक क्लोज गर्ने भएको छ । यसआधारमा, जेठ ३ गतेसम्म कायम सेयरधनीले वोमीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा जेठ ३ गतेभित्र नै सेयर किनिसक्नुपर्नेछ ।
 
कम्पनीले ३०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । अब कम्पनीले छिट्टै १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । 
 
हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वोमीले २ करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५० रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७० रुपैयाँ ४१ पैसा छ ।

Post Your Comment