Market Closed

वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद बिक्री खुला, कसले पाउँछ भर्न ?

30 May,2018
  • Womi-microfinance-bittiya-sanstha-Ltd_5_30_2018_10_10_55.jpg
नेपाली पैसा
 
काठमाडौं : वोमी माइक्रोफाइनान्सको बुधबार (जेठ १६ गते) देखि ३०% हकप्रद सेयर बिक्री खुला भएको छ । वोमीले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा असार १९ गतेसम्म आवेदन दिन पाइनेछ । जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 
 
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल वोमीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment