Market Closed

दसैं सकियो, ध्यान फेरि सेयर बजारतिरै, आधा दर्जन कम्पनीले दिंदैछन् स्थानीयलाई सेयर

16 Oct,2016
  • IPO_10_16_2016_11_30_44.png
नेपाली पैसा 
काठमाडौं : महान चाड दसैं मनाएपछि फेरि धेरैको ध्यान सेयर बजारतर्फ फर्किन थालेको छ ।
कुन कम्पनीको आइपीओ आउँदै होला अनि कुनको सेयर किन्दा तत्काल नाफा गर्न सकिएला भनेर दसैंपछि यसतर्फ विस्तारै चहलपहल बढ्न थालेको छ । 
 
कतिपयले निकट भविष्यमै आउन लागेका आइपीओ, हकप्रद र एफपीओमा लगानी गर्न पैसाको जोहोसमेत गरिसकेका छन् । 
 
तत्काल सर्वसाधरणमा आइपीओ ल्याउने कम्पनी धेरै नभए पनि स्थानीय बासिन्दामा सेयर बिक्री गर्न लागेका जलविद्युत कम्पनी भने आधा दर्जन देखिएका छन् । 
 
सरकारले निजी क्षेत्रलाई धमाधम जलुविद्युतको लाइसेन्स दिएसँगै कम्पनीहरूले पनि स्थानीय बासिन्दा र सर्वसाधरणमा सेयर निष्कासन गर्नेक्रममा तेजी आएको हो । 
 
जलविद्युत कम्पनीले परियोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ निष्कासन गरेपछि मात्र सर्वसाधारणमा बिक्री गर्न पाउँछन् ।
 
हाल आधा दर्जन जलविद्युत कम्पनीले स्थानीय बासिन्दालाई सेयर निष्कासन गर्न माग गर्दै निवेदन दिएका छन् । 
 
धितोपत्र बोर्डका अनुसार हाल आइपीओ र एफपीओ निष्कासन गर्न १० वटा कम्पनी पाइपलाइनमा बसेकामा ६ वटा जलविद्युत कम्पनीमात्र छन् ।
 
 पाइपलाइनमा बसेका ६ वटै कम्पनीले परियोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्ने तयारी गरेका हुन् । 
 
स्थानीय बासिन्दामा आइपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीमा राधि विद्युत कम्पनी, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन् ।
 
यसैगरी, छ्याङदी हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर र हिमालयन पावर पाटर्नर लिमिटेडले पनि स्थानीय बासिन्दाका लागि सेयर जारी गर्दैछन् ।
 
कुल ४० करोड आठ लाख ३६ हजार रूपैयाँको ७१ लाख ७२ हजार पाँच सय ५७ कित्ता आइपीओ र एफपीओ निष्कासन गर्न बोर्डमा आवेदन परेको छ । 
 
सर्वसाधारणमा आइपीओ ल्याउन समता माइक्रोफाइनान्स वित्तीय संस्था पाइपलाइनमा छ भने नेपाल लाइफ इन्सुरेन्स र नेपाल एसबीआई बैंकले एफपीओ ल्याउने तयारी गरेका हुन् ।  
 
बाँकी सबैले स्थानीय बासिन्दालाई सेयर दिएपछि मात्र सर्वसाधारणमा आउनेछन् । 
 

Post Your Comment