Market Closed

सूर्योदय लघुवित्तको आइपीओ जम्मा १० कित्ता, सबैलाई चिठा

20 Oct,2016
  • ipo_33_10_20_2016_4_38_55.jpg
 नेपाली पैसा 
काठमाडौं : सूर्योदय लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट गरिएको छ ।

पाउने सबैलाई १० कित्ता दिइएको छ । चिठा नपर्नेको हात खाली भएको छ । सूर्योदयमा अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । एक हजार कित्ता आवेदन दिनेले पनि चिठामै भर पर्नुपरेको छ । 
 
आवेदक धेरै भएपछि ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिने सबैलाई चिठा प्रणालीबाट सेयर दिइएको हो । यसआधारमा धेरै पैसा लगानी गर्नेहरू बढी मारमा परेका छन् । 
 
यो आइपीओमा तीन सय ४७.४४ गुणा बढी आवेदन परेको थियो । कुल आवेदकमध्ये एक हजार आठ सय ३२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
 
एक लाख नौ हजार सात सय १४ जना आवेदकको आवेदन भने वैध भएको छ । सूर्योदयको आइपीओ भदौ १२ देखि १५ गतेसम्म निष्कासन खुला गरिएको थियो । 
 
कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यकोे एक लाख २० हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । 
 
यसमा ६ हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ भने चार हजार आठ सय कित्ता कर्मचारीलाई छुट्याइएको छ । 
 
सर्वसाधारणले सूर्योदयको आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिने व्यवस्था थियो । 
 
सूर्योदयको अधिकृत पुँजी आठ करोड रूपैयाँ र जारी पुँजी चार करोड रूपैयाँ छ । यसैगरी, चुक्ता पुँजी पनि आइपीओ निष्कासनपछि चार करोड नै पुग्नेछ । 

Post Your Comment