Market Closed

धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको लाइसेन्स रोक्यो, पाइपलाइनमा रहेका १० वटाले भने पाउने

21 Oct,2016
  • sebon_10_21_2016_1_30_48.jpg
 नेपाली पैसा 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको लाइसेन्स बन्द गरेको छ । 
 
वाणिज्य बैंकसहित विकास बैंकहरूले समेत धमाधम मर्चेन्ट बैंकरका लागि अनुमति माग्नेक्रम बढेपछि बोर्डले तत्कालका लागि नयाँ लाइसेन्स दिने कार्य स्थगित गरेको हो । 
 
 हाल १९ वटा मर्चेन्ट बैंकर सञ्चालनमा रहेका छन् भने १० वटा संगठित संस्थाले लाइसेन्स लिनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 
 
बोर्डमा आवेदन दिएका १० वटालाई भने विस्तृत अध्ययनपछि सञ्चालन अनुमति दिइने बोर्डले जनाएको छ । बाँकीले भने तत्काल अनुमति पाउनेछैनन् । 
 
हाल मर्चेन्ट बैंकिङसम्बन्धी नियमावली संशोधन प्रक्रियामा रहेको छ । मर्चेन्ट बैंकरको दायरा बढाउने, जिम्मेवारी तथा चुक्ता पुँजीसमेत बढाउने तयारी गरिएको छ । 
 
नयाँ नियमावली आएपछि मात्र नयाँ लाइसेन्स खुला गर्ने गरी तत्कालका लागि रोकिएको धितोपत्र बोर्डले शुक्रबार जानकारी दिएको छ । 
 
                    यस्तो धितोपत्र बोर्डले शुक्रबार जारी गरेको निर्देशन 
 
 
धितोपत्रव्यवसायी (मर्चेन्ट बैंकर) को अनुमतिपत्रको लागिआवेदनलिने कार्य स्थगितगरिएको सम्वन्धमा ।
 
हालबोर्डवाट १९ वटा संगठित संस्थाहरुले धितोपत्रव्यवसायी (मर्चेन्ट बैंकर) को अनुमतिपत्रप्राप्त गरी कार्यरत रहेको साथै दश वटा संगठित संस्थाहरुले अनुमतिपत्रकालागिबोर्डको प्रक्रियामाप्रवेश भैसकेको अवस्था रहेको छ । यसरी १९ वटा मर्चेन्ट बैंकर कार्यरत रहेको एवं थपदश वटा संगठित संस्थाहरु प्रक्रियामा रहेको परिप्रेक्ष्य,विद्यमानबजारमा वैंक तथावित्तीय संस्था र बीमा सम्वन्धी संस्थाहरुको वाहुल्यता रहेकोमाहाल वैंक तथावित्तीय संस्थातथाबीमा सम्वन्धी संस्थाहरुको अनुमतिपत्रप्रदानगर्ने प्रक्रिया स्थगितभएको, मर्चेन्ट बैंकरहरुले वहनगर्ने जिम्मेवारी तथालिने जोखिम, करिव दशवर्ष अगाडिकोे पूँजी सम्वन्धीव्यवस्था, पूर्वाधार व्यवस्था, व्यवसायिक क्षेत्रको विस्तार आदिको सम्वन्धमाअध्ययन गरी मर्चेन्ट वैकिङ्गव्यवसायको दायरा वढाउने, पूर्वाधार व्यवस्था सुदृढ गरी सेवाको स्तर वृद्धि गर्ने जस्ता उद्देश्यलेमर्चेन्ट बैकिङ्ग सम्वन्धीनियमावली संशोधनप्रक्रिया अगाडि वढाईएको परिस्थितिलाई मध्यनजर गर्दै हालबोर्डको प्रक्रियामाप्रवेश भैसकेका आवेदनहरुलाई विद्यमाननियमावलीको व्यवस्थाअनुसार अनुमतिपत्रको लागिकार्य अगाडि वढाउने र नयाँआवेदनदर्ता गर्ने सम्वन्धमामर्चेन्ट वैकिङ्ग सम्वन्धीनियमावली संशोधननभईन्जेलसम्मआवेदनलिने कार्य स्थगितगरिएको छ ।
 
 
 

Post Your Comment