Market Closed

गत वर्ष झन्डै ३२ अर्ब बचतमा रहेको शोधनान्तर अहिले किन गयो तीन अर्ब ५० करोड घाटामा ?

21 Oct,2016
  • bop_10_21_2016_4_08_06.jpeg
नेपाली पैसा 
काठमाडौं : शोधनान्तर घाटा निरन्तर चुलिंदै जाँदा मुलुकको समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ । 
 
मुलुकमा भित्रिनेभन्दा बाहिर रकम बढी हुँदा शोधनान्तर घाटा भएको हो । यो अर्थतन्त्रका लागि राम्रो मानिंदैन । 
 
निर्यातभन्दा आयात बढी हुनु अनि विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम रेमिटेन्सको वृद्धिदर खुम्चिंदै जाँदा शोधनान्तर घाटा चुलिएको हो । 
 
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मै शोधनान्तर घाटा तीन अर्ब ५० करोड रूपैयाँले घाटामा गइसकेको छ । 
 
जबकी गत वर्ष यही दुई महिनामा शोधनान्तर ३१ अर्ब ८८ करोड रूपैयाँले बचतमा थियो । 
यसैगरी, सरकारको चालु खाता पनि दुई महिना अवधिमा ११ अर्ब १२ करोडले घाटामा गएको छ । 
 
गत वर्ष यही अवधिमा चालु खाता ३८ अर्ब ४८ करोड रूपैयाँले बचतमा थियो ।  व्यापार घाटा बढेको, विदेशी लगानीको लाभांश भुक्तानी बढेको अनि वैदेशिक अनुदान चाहिँ ओरालो लाग्दा चालु खाता नोक्सानमा गएको हो । 
 
चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चितिमा समेत गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 
 
  यस्तो रेमिटेन्सको अवस्था 
 
गत साउन र भदौमा गरी कुल एक खर्ब १४ अर्ब ७४ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । 
रेमिटेन्स आय वृद्धिदर औसतमा ६.६ प्रतिशतमात्र देखिन्छ । जबकी गत वर्ष साउन र भदौको औसत वृद्धिदर २५.५ प्रतिशत थियो । 
 
वैदेशिक रोजगारीमा गिरावट आउँदा त्यसको प्रत्यक्ष प्रभाव रेमिटेन्समा देखिएको हो । 
यतिबेला खाडी र मलेसियाको रोजगारी संकटमा छ । त्यहाँ जाने युवाको संख्यामा गिरावटसँगै मुलुक भित्रिने रेमिटेन्स पनि ओरालो लागेको हो ।

Post Your Comment