Market Closed

अर्थमन्त्री कृष्णबहादुर महराले गरे धितोपत्र बोर्डको भ्रमण, बजार विकासमा महराको गहन चासो

23 Oct,2016
  • Krishna-bahadur-Mahara_10_23_2016_5_21_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार धितोपत्र बोर्डको भ्रमण गरेका छन् । 
 
अर्थमन्त्री महराले पुँजी बजारको विकासमा भइरहेका काम, भावी योजना एवं रणनीतिका बारेमा बोर्डका वरिष्ठ अधिकारीहरूसँग जानकारी लिए । 
 
भ्रमणका क्रममा अर्थमन्त्री महराले पुँजी बजारको दिगो अनि फराकिलो विकासका लागि सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको जानकारी गराए । 
 
पुँजी बजारको दिगो विकासका लागि धितोपत्र बोर्डले चालेका कदमहरूको पनि मन्त्री महराले प्रशंसा गरे । 
 
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पुँजी बजारप्रति वर्तमान अर्थमन्त्री निकै सकारात्मक हुनु भएको बताए ।
 
 ‘पुँजी बजारको दीगो विकासका लागि अर्थमन्त्रीज्यू निकै सकारात्मक हुनुहुन्छ । बजार विकासका अन्य थुप्रै काम पनि तत्काल अघि बढाउन निर्देशन प्राप्त भएको छ,’ अध्यक्ष डा. कार्कीले भने । 
 
अर्थमन्त्रालयका वरिष्ठ अधिकारीका साथ पुँजी बजारको नियामक निकाय पुगेका अर्थमन्त्री महरालाई धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीसहित बोर्डका वरिष्ठ अधिकारीहरूले पुँजी बजारको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए । 
 
कार्यक्रममा बोर्डका अध्यक्ष डा. कार्कीले पुँजी बजारको वर्तमान अवस्था, सुधार र चुनौतीलगायतका बारेमा प्रस्तुतीकरण गरेका थिए । 
 
पुँजी बजारमा उत्पादनमूलक क्षेत्रको प्रवेश बढाउने, एनआरएन भित्र्याउनेलगायतका विषयमा अर्थमन्त्री निकै सकारात्मक देखिएका बोर्डका अधिकारीहरू बताउँछन् । 
 
पुँजी बजारप्रति अर्थमन्त्रीले निकै जान्ने उत्सुकता पनि देखाएका छन् । अर्थमन्त्री भएदेखि नै महराले पुँजी बजारप्रति सकारात्मक दृष्टिकोण राख्दै आएका छन् । 
 

Post Your Comment