Market Closed

साना संस्था मर्जमा राष्ट्र बैंकलाई सफलता, वाणिज्य बैंकको संख्या भने अपेक्षा अनुसार घटेन

24 Oct,2016
  • Nepal-Rastra-Bank_10_24_2016_1_04_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : वणिज्य बैंकको संख्या अपेक्षा अनुसार घटाउन नसके पनि विकास बैंक र फाइनान्स कम्पनीको मर्ज तथा एक्विजिसनमा भने राष्ट्र बैंकले विस्तारै सफलता हासिल गर्न थालेको छ । 
 
बैंक तथा वित्तीय संस्थाको संख्या अत्याधिक बढेर समग्र वित्तीय क्षेत्रमै अराजकता बढ्न थालेपछि राष्ट्र बैंकले मर्ज तथा एक्विजिसनको नीति अघि सारेको हो । 
 
बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने सम्बन्धी विनियमावली २०६८ कार्यान्वयनमा आएपछि  हालसम्म एक सय १८ भन्दा बढी बैंक तथा वित्तीय संस्था मर्ज प्रक्रिया र एक्विजिसन प्रक्रियामा सामेल भइसकेका छन् ।
 
पछिल्लो तथ्यांक अनुसार हालसम्म एक सय आठवटा संस्था आपसमा मर्ज तथा एक्वायर भई ४१ वटा बनेका छन् । ७७ वटाको मर्ज र एक्वायरका कारण लाइसेन्स खारेज भइसकेको छ । 
 
अहिले पनि दर्जनौं वित्तीय संस्था मर्ज र एक्विजिसनको प्रक्रियामा रहेका छन् । राष्ट्र बैंकले मर्जमा कडाई गरेपछि केही वाणिज्य बैंकहरूसमेत मर्जमा गइसकेका छन् । 
 
पहिलोपटक दुई वाणिज्य बैंक एनआइसी तथा बैंक अफ एसिया मर्ज भएर एनआइसी एसियाको नाममा कारोबार भइरहेको छ । त्यस्तै, ग्लोबल आइएमईसँग कमर्ज एन्ड ट्रस्ट बैंक मर्ज गरिएको थियो । 
 
यसबाहेक थुप्रै वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई मर्ज गराउने वा एक्वायर गर्नेक्रम जारी छ । 
 
यद्दपि, राष्ट्र बैंकले अझै पनि मर्ज तथा एक्विजिसन अपेक्षा अनुसार हुन नसकेको ठहर गरेको छ । विशेषगरी वाणिज्य बैंकहरूको संख्या सोचे अनुसार घटाउन नसकेको राष्ट्र बैंकको भनाई छ । 
 
माछापुच्छ« र जनता अनि एनसीसी र कुमारीबीच हुन लागेको मर्ज भाँडिएपछि वाणिज्य बैंकहरुबीचको मर्जमा भने आगामी दिनमा पनि चुनौती हुने देखिएको छ । 
वाणिज्य बैंकको संख्या घटाएर २० वटाभन्दा तल झार्ने राष्ट्र बैंकको रणनीति भने सफल हुने देखिंदैन । 
 

Post Your Comment