Market Closed

हाइड्रोपावरसहितका ठूला परियोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीले अबदेखि सेयर नपाउने

11 Nov,2016
  • sebon_11_11_2016_6_52_28.jpg
नवराज ढकाल 
 
काठमाडौं : हाइड्रापावरलगायतका ठूला परियोजा बनाउन ऋण दिने संस्थाका कर्मचारीले अबेदखि सेयर नपाउने भएका छन् । 
 
ऋण दिने संस्थाका कर्मचारीलाई ठूलोमात्रामा सेयर दिंदा सर्वसाधारणले निकै कम सेयर पाउने अवस्था आएपछि सरकारले कानुन नै परिमार्जन गरी त्यस्ता संस्थाका कर्मचारीलाई सेयर नदिने व्यवस्था गरेको हो । 
 
यसअघि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थानजस्ता ठूला परियोजनामा लगानी गर्ने कम्पनीका कर्मचारीलाई ठूलो मात्रामा सेयर दिनुपर्ने व्यवस्था थियो । 
 
जस्तो माथिल्लो तामाकोशी जलविद्युत परियोजनामा ऋणदाता संस्थाहरू कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, बिमा संस्थानलगायत संस्थाका कर्मचारीलाई ठूलो मात्रामा सेयर वितरण गरिएको छ । यसबाट सर्वसाधारणले पाउने हिस्सा थोरै हुन गएको छ । 
 
अर्थमन्त्रालयले शुक्रबार गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन अनुसार कुनै पनि परियोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीले अबदेखि सेयर पाउनेछैनन् ।

यो व्यवस्थाबाट सर्वसाधारण लगानीकर्तालाई निकै ठूलो फाइदा पुग्नेछ । 
धितोपत्र बोर्डले प्रस्ताव गरेको व्यवस्थालाई अर्थमन्त्री कृष्णबहादुर महराले सदर गरिदिएका हुन् । 
 

Post Your Comment