Market Closed

उपभोक्ता चर्को मारमा परे पनि तथ्यांकमा यसरी घट्यो महँगी

22 Nov,2016
  • inflation_11_22_2016_11_36_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : सरकारलले महँगी घटेको तथ्यांक बाहिर ल्याएको छ । 
 
नेपाल राष्ट्र बैंकले सर्वसाधारणले क्रमशः महँगीको मारबाट राहत पाउँदै गएको बताएको छ ।  गत असारदेखि घट्न थालेको महँगी असोजसम्म आइपुग्दा अझै तल ओर्लिएको तथ्यांकमा देखिन्छ ।

राष्ट्र बैंकका अनुसार असोज महिनामा मूल्य वृद्धि जम्मा ६.७ प्रतिशतमात्र छ । भदौमा मूल्य वृद्धिदर ७.९ प्रतिशत थियो । गएको असारसम्म यस्तो महँगी दर १०.४ प्रतिशत थियो । 
गत वर्ष असोजमा भने मूल्य वृद्धिदर ८.२ प्रतिशत थियो । यसपटक मूल्य वृद्धि ६.७ प्रतिशतमा ओर्लिएकाले सर्वसाधारणलाई केही राहत मिलेको सरकारको ठम्याईं छ ।
 
तर सरकारी तथ्यांकमा महँगी निकै ओरालो लागेको देखिए पनि बजारमा दैनिक उपभोग्य वस्तुको भाउ भने निकै चुलिएको छ । विशेषगरी, तरकारी र फलफूलको भाउ चुलिंदा सर्वसाधारण उपभोक्ता मारमा पर्दैआएका छन् । 
 
सबैभन्दा बढी महँगी पहाडमा छ भने सबैभन्दा कम काठमाडौैं उपत्यकामा छ । पहाडमा औसत महँगी दर ८.९ प्रतिशत हुँदा काठमाडौंमा ५.७ प्रतिशतमात्र छ । 
 
औसत तथ्यांक संकलन गरी महँगी ह्वात्तै घटेको देखाइए पनि व्यवहारमा सर्वसाधारण महँगीले आहत भएका छैन । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेर जनजीवन कष्टकर बनेको अवस्था छ । 
 

Post Your Comment