Market Closed

सेयर बजार निरन्तर झरेपछि मुख खोल्यो नेप्सेले, ‘यसरी ओरालो लाग्नुपर्ने कारण छैन’

27 Nov,2016
  • stock_22_11_27_2016_5_59_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल स्टक एक्सचेन्जले लगानीकर्तालाई संयमित हुन आग्रह गरेको छ । 
 
नेप्सेले आइतबार विज्ञप्ति जारी गर्दै नाटकीय ढंगबाट बजार घट्नुपर्ने केही पनि कारण नरहेको जनाएको छ । ‘मुलुकको समग्र अर्थतन्त्र सकारात्मक रहेको अवस्थामा बजारमा भारी गिराट आउनुपर्ने कारण देखिंदैन । तरलता अभाव पनि हल्ला गरिए अनुसार भएको छैन,’ नेप्सेले भनेको छ । 
 
लगानीकर्ताले सेयर कारोबार गर्नुअघि सम्बद्ध कम्पनीको वास्तविक अवस्था, नाफाघाटा, लाभांशदर, कम्पनीको भावी रणनीतिलगायतका पक्षमा गहन अध्ययन गर्न पनि नेप्सेले लगानीकर्तासँग आग्रह गरेको छ । 
 
सेयर बजारको दिगो विकास गर्न नेपाल स्टक एक्सचेन्जले सुधारका थुप्रै काम अघि बढाएको नेप्सेको भनाई छ । क्लियरिङ बैंक थप्ने, ब्रोकरको सेवा विस्तार गर्ने, ब्रोकर डिलरको प्रवेश गराउन तथा पूर्णअटोमेसनका लागि काम भइरहेको पनि नेप्सेले बताएको छ । 
 
                            यस्तो नेप्सेको विज्ञप्ति 


Post Your Comment