Market Closed

बैंकको चुक्ता पुँजी एक खर्ब ७६ अर्ब रूपैयाँ पुग्यो, ४३ सय ४४ वटा शाखा

23 Dec,2016
  • nrb_12_23_2016_5_56_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंक तथा वित्त संस्थाको चुक्ता पुँजी एक खर्ब ७६ अर्ब ८० करोड रूपैयाँ पुगेको छ । 
 
राष्ट्र बैंकको नियमनभित्रका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैको गरी अहिलेसम्म समग्र हिसाबमा चुक्ता पुँजी एक खर्ब ७६ अर्ब ८० करोड रूपैयाँ देखिएको हो ।
 
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने प्रावधान लागू गरेपछि पुँजी क्रमशः बढ्दोक्रममा छ । 
 
वाणिज्य बैंकहरूको मात्र चुक्ता पुँजी एक खर्ब ३३ अर्ब २० करोड रूपैयाँ पुगेको छ । विकास बैंकहरूको चुक्ता पुँजी ३० अर्ब ९० करोड पुगेको छ । 
 
यसैगरी, वित्त कम्पनीको चुक्ता पुँजी १२ अर्ब ६० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको मौद्रिक नीति समीक्षा गर्दै शुक्रबार यस्तो तथ्य सार्वजनिक गरेको हो । 
 
राष्ट्र बैंकले यसै वर्षदेखि मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्न थालेको हो । वित्तीय संस्थाको संख्या घटे पनि वित्तीय पहुँच भने बढेको राष्ट्र बैंकको भनाई छ । 
 
गत असोज मसान्तसम्ममा वाणिज्य बैंकको संख्या २८, विकास बैंक ६४ वटा र वित्त कम्पनी ३९ अनि लघुवित्त ४४ वटा सञ्चालनमा रहेका छन् । 
 
सबै प्रकारका बैंक तथा वित्त संस्था गरी एक सय ७५ वटा छन् । यी संस्थाको देशभरमा चार हजार तीन सय ४४ वटा शाखा कार्यालय रहेका छन् । 
 

Post Your Comment