नेप्से सूचक बढिरहँदा यसकारण घट्दैछ कारोबार रकम

09 Jan,2017
  • bull_bearr_1_9_2017_3_27_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुस मसान्त नजिकिंदै गर्दा सेयर कारोबार रकममा गिरावट आउन थालेको छ । रकम तल झरेका बेला नेप्से सूचकमा भने हरियाली छाएको छ । नेपाल लाइफको एफपीओको लागि पैसा जोहो गर्नेहरू बढ्दा पनि दैनिक सेयर कारोबार रकममा असर पर्न गएको हो । सोमबार २६ करोड ४५ लाख रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । तर नेप्से सूचक भने ११.५२ विन्दुले बढेर १४५८.९७ विन्दुमा पुगेको छ । 
 
कारोबार हुने कम्पनीको संख्यमा समेत कमी आएको छ । कुल एक सय १७ कम्पनीको चार लाख ३५ हजार ३८१ कित्ता सेयर कारोबार भएको हो । पुस मसान्तमा एकातिर आयकर तिर्नुपर्ने हुन्छ भने अर्कोतिर बैंकबाट लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्ने चाप पर्छ । यसो हुँदा सर्वसाधारणको सेयर किन्ने क्षमता घट्न जान्छ । यसबाहेक बजारमा यतिबेला आइपीओ, एफपीओ, बोलकबोलका सेयर भारीमात्रामा आइरहेका छन् । 


 
यसमा लगानी गर्ने आकर्षण बढ्दा दोस्रो बजारको कारोबार घट्ने प्रवृत्ति हुन्छ । यस्तै, बैंकले अल्पकालीन मुद्दति निक्षेपमा आकर्षक ब्याज दिन थालेकाले सुरक्षित लगानी खोज्नेरू त्यतातिर आकर्षित हुँदा त्यसको चाप दोस्रो बजारमा देखिएको हो । फेरि, यतिबेला अफसिजन भएकाले पनि सेयर बजारमा मन्दी आउनुलाई स्वभाविक मानिएको छ । 
 
होटेल र विकास बैंकबाहेक बाँकी सबै समूहका सूचक हरिया भएका छन् । बिमा सूचक सबैभन्दा धेरै १४७.८३ विन्दुले बढेको छ । बैंकिङ सूचक पनि ११.०३ विन्दुले माथितिर लागेको छ । कारोबार रकममा भने नेपाल लाइफ इन्सुरेन्सले बाजी मारेको छ । यो कम्पनीको दुई करोड ८८ लाख रूपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । धेरै रकमको कारोबार हुनेमा दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र सिटिजन्स बैंक परेका छन् । 

              कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी