लगानीकर्ता खुशी बनाउने प्रयास गर्दै सेयर बजार, नेप्से सूचक १७.९३ अंकले माथितिर लाग्यो

10 Jan,2017
  • bullvsbear_1_10_2017_3_32_14.jpg
नेपाली पैसा 
 
काठमाडौं :  सेयर बजारले लगानीकर्ता खुशी बनाउने प्रयास गरेको छ । बजार नाप्ने नेप्से सूचक १७.९३ अंकले बढेर १४७६.९० विन्दुमा गएर अडिएको छ । समग्रमा बजार १.२३ प्रतिशतले बढेको हो । कारोबार रकम पनि ३७ करोड ३२ लाख रूपैयाँ नाघेको छ । कुल १२६ कम्पनीको पाँच लाख ८७ हजार ६०२ कित्ता सेयर किनबेच भएको हो । सूचक राम्रैसँग बढेपछि केही समययतादेखि निराश बनेका लगानीकर्ता थोरै भए पनि आशावादी भएका छन् ।
 
 तिहारपछि छोटो समयमै बजार ठूलो अंकले तल झरेकाले अब विस्तारै थामिने अनुमान गरिएको छ । बोनस र हकप्रदको संख्यामा बढोत्तरी, आइपीओ र एफपीओ अधिकमात्रा आउनु अनि बैंकले मुद्दति निक्षेपमा ब्याजदर दोहोरो अंकमा पुर्याउँदा बजारमा त्यसको चाप परेको हो । यसबाहेक सामूहिक लगानी कोषसहित अन्य संस्थागत लगानीकर्ताले सेयर खरिददर घटाउँदा कारोबार रकममा असर परेको देखिन्छ । 


 
 सबैभन्दा धेरै बिमा सूचक माथितिर लागेको छ । बिमा सूचक १६८.८४ विन्दुले बढेको हो । यसैगरी, बैंकिङ समूह पनि १८.९३ विन्दुले माथि लागेको छ । होटेल र अन्यबाहेक बाँकी सबै समूहका सूचकमा हरियाली छाएको छ । कारोबार रकममा एनबी इन्सुरेन्सले बाजी मारेको छ । यो इन्सुरेन्सको चार करोड ७३ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा भने क्रमशः नेपाल लाइफ इन्सुरेन्स र प्राइम कमर्सियल बैंक परेका छन् । 
 
       कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी