नेप्से स्थिरजस्तै हुँदा ३६ करोड रूपैयाँभन्दा बढीको सेयर कारोबार

11 Jan,2017
  • bear_m_1_11_2017_3_32_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार नाप्ने सूचकमा बुधबार खासै तलमाथि भएन । बजार बन्द हुँदा ०.३९ विन्दुले मात्र नेप्से रातो भएको छ । परिसूचक १४७६.५१ विन्दुमा आएर अडिएको छ । सूचक स्थिरजस्तो देखिंदा कारोबार रकम भने ३६ करोड नाघेको छ । बजारमा नेपाल लाइफ इन्सुरेन्सको एफपीओमा गर्मागर्मी चलिरहेका बेला यो कारोबार रकमलाई ठीकै मान्नुपर्छ । धेरैजसोले यतिबेला पैसा नेपाल लाइफमा खन्याइरहेका छन् । 
 
कुल एक सय २० कम्पनीको ४५ लाख ६४ हजार ६४८ कित्ता सेयर कारोबार भएको छ । पुस सकिनै लाग्दा अधिकांश कम्पनीले साधारण सभा गरिसकेका छन् । गत वर्षको मुनाफाबाट लाभांश वितरण गरिसकेकाले अब दुईचार महिना खासै केही पाउने अवस्था छैन । यस्तो बेला सेयर बजारमा मन्दी देखिनु सामान्य हो । बढ्दो बैंक ब्याजदर, हकप्रद र बोनसको आपूर्ति बढ्दा पनि बजारमा केही असर गरेको छ । 


 
यस दिन वाणिज्य बैंक, होटेल, फाइनान्स र अन्य समूह हरिया भएका छन भने बाँकी समूह रातो देखिएका छन् । सबैभन्दा धेरै बिमा सूचक ५०.२३ विन्दुले तल झरेको छ । कारोबार रकममा नबिल ब्यालेन्स फन्ड १ ले अग्रता लिएको छ । यो ब्यालेन्स फन्डको मात्रै चार करोड ७४ लाख ९२ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा भने क्रमशः नेपाल लाइफ इन्सुरेन्स र एभरेस्ट बैंक परेका छन् । 

            कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी