Market Closed

चापागाईले सम्हाले बिमा समितिको कार्यभार, बिमा बजार विस्तार गर्ने उद्घोष

11 Jan,2017
  • beema_1_11_2017_5_46_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : बिमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीवी चापागाईले बुधबारबाट आफ्नो कार्यभार सम्हालेका छन् । उनलाई पुस १४ गते सरकारले बिमा समितिको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार सम्हाल्दै नवनियुक्त अध्यक्ष चापागाईले बिमा क्षेत्रको नियमन निकाय भएकाले बिमा समितिले समग्र बिमा बजारको विस्तार र विकासका लागि काम गर्ने बताए । बिमा बजारमा देखिएका विकृति र बिसंगतिको उन्मुलन गर्ने कार्यक्रम पनि उनले सुनाए । 
 
बिमा पहुँच बढाउन आवश्यक कार्यक्रम तय गर्ने उनको योजना छ । बिमासम्बन्धी चेतना बढाउने रणनीति उनले बनाउने भएका छन् । यसैगरी, साधारण सभा गर्न नसकेका कम्पनीलाई लेखापरीक्षण गराई समयमै साधारण सभा गराउन उनले विशेष पहल अनि निर्देशनसमेत दिने भएका छन् । 

अहिले एभरेस्ट इन्सुरेन्स, प्राइमलाइफ इन्सुरेन्सलगायतका कम्पनीको लेखापरीक्षण र साधारण सभा रोकिएको छ । यस्ता कम्पनीले अब गति पाउने विश्वास गरिएको छ । बिमा समितिमा बुधबार आयोजित कार्यक्रममा उनले बिमा कम्पनीहरुको संस्थागत सुशासन कायम गर्दै जनतामाझ बिमाको पहुँच पु¥याउने आफ्नो पहिलो काम हुने जानकारी दिए । 

Post Your Comment