Market Closed

सूचनाप्रविधिसम्बन्धी कुम्भ मेला ‘क्यान इन्फोटेक’ माघ १३ देखि, चार लाख अवलोकनकर्ता आउने दाबी

11 Jan,2017
  • cann_2_1_11_2017_6_39_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : कम्प्युटर एसोसिएन अफ नेपाल (क्यान) ले सूचनाप्रविधि सम्बन्धि २३ औं मेला माघ १३ गतेदेखि सुरु गर्ने भएको छ । क्यानले होटल अन्नपूर्णमा बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । क्यान इन्फोटेकको २३ औं संस्करणको मुख्य प्रायोजन सुविसुले गर्ने भएको छ भने एसोसिएट प्रायोजक सामसुङ रहेको छ । क्यानले यो मेलाको आधिकारिक नाम ‘सुबिसु क्यान इन्फोटेक  २०१७ ईन एसोसिएसन विथ सामसुङ’ दिएको छ ।
 
मेलाको मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर ५ वटा ब्रान्डिङ कक्षलगायत कुल दुइ सय २२ वटा स्टल रहने क्यानले जानकारी दिएको छ । अहिलेसम्म मुख्य प्रदर्शनी हल भित्रका ४९ वटै स्टल बुक भइसकेको र ट्रसका एक सय ४४ वटा स्टलमा ९० प्रतिशत बूकिङ भएको क्यानको भनाई छ ।  
 
यस पटकको क्यान इन्फोटेकमा चार लाख भन्दा बढीले अवलोकन गर्ने क्यानको विश्वास छ । मेला बिद्यार्थीले ५० र सर्वसाधारणले एक सय रुपौँ तिरेर अवलोकन गर्न सक्नेछन् । तर माघ १६ गतेका दिन भने सबै अवलोकनकर्ताले एक सय रुपैयाँ नै तिर्नुपर्नेछ । मेलाको टिकट अनलाइनबाट पनि खरिद गर्न सकिनेछ । यसो गर्दा २० प्रतिशत छुट पाइनेछ ।
 
यस बर्षको प्रदर्शनीमा ब्रोडब्यान्ड इन्टरनेट र संचार प्रविधि मुख्य आकर्षण बन्नेछ । मेला माघ १३ मा सुरु भई १७ गते सकिने छ । नेपालको सूचना तथा संचार क्षेत्रको विकासका लागि आवश्यक रणनीति तयार गर्ने उद्देश्यले माघ १६ र १७ गते क्यान आइसीटी कन्फरेन्स पनि गर्ने क्यानको योजना छ । 
 

Post Your Comment