Market Closed

सुन बिहीबार पनि बढेर तोलाको ५४ हजार ६ सय रूपैयाँ पुग्यो, माघमा विवाह गर्नेहरू प्रभावित

12 Jan,2017
  • gold__11_1_12_2017_2_27_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : सुनको मूल्य बिहीबार पनि प्रतितोला तीन सय रूपैयाँले बढेको छ । बुधबार छापावाल सुन प्रतितोला ५४ हजार तीन सय रूपैयाँमा किनबेच भएको सुन बिहीबार बढेर प्रतितोला ५४ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ केही सातादेखि निरन्तर उकालो लाग्दोक्रममा छ । सन् २०१६ को अन्त्यतिर निरन्तर घटेको सुनको मूल्य २०१७ लागेपछि भने बढ्दोक्रममा देखिएको हो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढ्दा माघमा विवाह गर्ने तयारी गरिरहेकाहरू प्रभावित हुने भएका छन् ।

माघ महिनामा विवाह लगन भएकाले सुनमा केही बढी पैसा खर्चनुपर्ने भएको छ ।  विवाहको सिजन भएकाले माघमा तुलनात्मकरूपमा सुन कारोबार बढी हुने व्यापारी बताउँछन् । त्यस्तै, चाँदीको भाउमा भने बिहीबार कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला सात सय ९० रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार पनि प्रतितोला सात सय ९० रुपैयाँमा बिक्री भइरहेको महासंघको भनाई छ ।  

Post Your Comment