Market Closed

नेप्से बिहीबार भयो हरियो, पुस मसान्त नजिकिंदै गर्दा ३२ करोडको सेयर कारोबार

12 Jan,2017
  • bull_bear_m_1_12_2017_3_26_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्से सूचक साताको अन्तिम दिन बिहीबार हरियो बनेर बन्द भएको छ । बजार नाप्ने नेप्से ३.३५ विन्दुले बढेर १४७९.८६ विन्दुमा आइपुगेको हो । पुस मसान्तको प्रभावका कारण कारोबार रकममा भने मन्दी देखिएको छ । पुस मसान्तमा लगानीकर्ता तथा अन्य सरोकारवाला सबैले आय कर तिर्नुपर्छ । यसबाहेक बैंकसँग लिएको ऋणको साँवा र ब्याज पनि भुक्तानी गर्नुपर्ने हुन सक्छ । यसले पनि दोस्रो बजारमा असर पुर्याएको हो ।

यसबाहेक नेपाल लाइफको एफपीओमा पर्याप्तमात्रामा पैसा जाने देखिएको छ । यसले सेयर बजारको कारोबारमा असर पुगेको अवस्था छ । बिहीबार कुल एक सय २० कम्पनीको २६ लाख ७७ हजार १३ कित्ता सेयर किनबेच भएको छ । ३२ करोड २७ लाख रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल र अन्यबाहेक बाँकी सबै समूहका सूचक हरियो भएको छ । बिमा सूचक ९.२३ विन्दु र बैकिङ सूचक ५.९३ अंकले माथि लागेका छन् । कारोबार रकममा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ ले अग्रता लिएको छ ।


यस स्किमको मात्रै चार करोड ९४ लाख ८३ हजार रूपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा भने क्रमशः लक्ष्मी बैंक र सिद्धार्थ बैंक परेका छन् । लक्ष्मीले ३८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ भने सिद्धार्थले फेरि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसबाट लगानीकर्ता थप उत्साहित बनेका हुन् । 

    कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 

 

Post Your Comment