Market Closed

गभर्नर भन्छन्– ‘अनौपचारिक कारोबार हावी, बैंकले पनि नयाँ प्रडक्ट ल्याउनुपर्यो’

28 Apr,2017
  • Chiranjibi-Nepal-embedded_4_28_2017_3_36_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रियस्तरमा भएका बैंकिङ प्रणालीको विकासलाई मध्ययनजर गरी यहाँ सोही अनुसार अभ्यास गर्न सुझाव दिएका छन् । राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको ‘बैकिङ एक्स्पो’ उद्घाटन कार्यक्रममा गर्भनर डा. नेपालले अन्तर्राष्ट्रियस्तरको बैंक तथा वित्तीय संस्थाको अभ्यासलाई पछ्याउँदै पुँजी परिचालन गर्न भनेका हुन् । गर्भनर डा. नेपालले भने, ‘अहिले हामीकहाँ पनि बैंक तथा वित्तीय क्षेत्रको विकासमा व्यापक परिवर्तन आएको छ । वित्तीय संस्थाहरुले हरेक दिन र क्षणलाई उपयोग गर्दै नयाँ प्रोडक्ट किन्ने र बेच्ने गर्नुपर्छ ।’ ६० प्रतिशत जनता अझै पनि बैंकिङ च्यानलबाहिर (अनौपचारिक) कारोबार गरिरहेको उल्लेख गर्दै गभर्नर डा. नेपालले त्यस्ता जनतामा वित्तीय साक्षरता र चेतना जागृत गरेर औपचारिक च्यानलमार्फत वित्तीय कारोबार गर्न बैंकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए । 


 
यता, बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले ऋण लिन मात्र नभई थोरैथोरै रकम बचत गराउने बानी बसाल्नु अहिलेको आवाश्यकता भएको बताए । उनले भने, अर्थतन्त्रको केन्द्रविन्दु काठमाडौ हो तर यहीँका कयांै जनता अझै पनि बैकिङ पहुँचमा छैनन्, खातामात्र खोल्ने तर पैसा भने घरमै थन्कयाएर राख्ने अवस्था भएकाले त्यस्ता जनतालाई बैकिङ पहुँचमा ल्याउनु चुनौतीको विषय हो ।’ बैकिङ चेतना फैलाउने अभिप्रायले राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि बैंकिङ एक्स्पो सुरु भएको छ । एक्स्पो वैशाख १७ गतेसम्म चल्नेछ । 
 

Post Your Comment