Market Closed

रिलायबल माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज अन्तिम म्याद, यी हुन् आवेदन दिने ठाउँ

13 Aug,2017
  • reliable-microfinance_8_13_2017_10_57_05.jpg
नेपाली पैसा
 
काठमाडौं : रिलायबल माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज (आइतबार) अन्तिम दिन हो । रिलायबलले असार ८ गतेदेखि २ः१ अनुपातमा २ लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो । हकप्रद बिक्री गर्न रिलायबलले असार १६ मा बुक क्लोज गरेको थियो । यसआधारमा असार १५ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउँनेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल सीटीसी मल सुन्धारा र रिलायबल माइक्रोफाइनान्सको सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वर काठमाडौंलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । हाल रिलायबलको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँँ छ । यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २० पैसा छ ।

Post Your Comment