Market Closed

केयर नेपालले पायो क्रेडिट रेटिङ सञ्चालन अनुमति, अब नेपालमा दुई रेटिङ कम्पनी

17 Nov,2017
  • credit-rating_11_17_2017_4_32_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : केयर रेटिङ नेपालले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएको छ । यो सँगै नेपालमा अब क्रेडिट रेटिङ गर्ने कम्पनीको संख्या २  पुगेको छ । अहिलेसम्म इक्रा नेपालले मात्र क्रेडिट रेडिङ कम्पनीको रुपमा काम गर्दै आएको छ । यसमा केयर रेटिङ इन्डियाको ५१ प्रतिशत लगानी छ । नेपाली कम्पनीतर्फ विशाल ग्रुपको १० प्रतिशत, इमर्जिङ नेपालको १० प्रतिशत, ४ वटा बैंक र इन्सुरेन्स कम्पनी प्रत्येकको ५–५ प्रतिशतका दरले  लगानी रहेको छ । बैंक तथा विमा कम्पनीमा ग्लोबल आइएमइ बैंक, पुर्नबिमा कम्पनी नेपाल, प्रुडेन्सियल इन्सुरेन्स र लाइफ इन्सुरेन्स कम्पनी नेपाल रहेका छन् । यसबाहेक केही व्यक्तिगत लगानीकर्ता पनि रहेका छन् । केयर नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयल हुन भने सञ्चालक विनोद आत्रेय हुन् । केयरले आइपीओको गे्रडिङ, बन्ड तथा डिवेन्चरको रेटिङ, म्युचुअल फन्ड लगायतको रेटिङ गर्नेछ । नेपालमा ३ करोड भन्दा बढीको सेयर तथा डिवेन्चर जारी गर्दा रेटिङ गर्नुपर्ने प्रावधान छ । रेटिङले लगानीकर्तालाई  कम्पनीको बारेमा बुझेर लगानीको निर्णय लिन मद्दत गर्दछ । कम्पनीको वास्तविक अवस्था पनि बताइदिन्छ । 
 
 
 
 
 

Post Your Comment