Market Closed

चुनावले सार्वजनिक विदामा पनि खोल्नुपर्ने भयो बैंक, केन्द्रीय बैंकको आयोे निर्देशन

30 Nov,2017
  • nepal-rastra-bank-122222_11_30_2017_5_34_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : मंसिर १६ र १७ गतेको सार्वजनिक विदामा पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । अब दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा विदाको दिन बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्नुपर्ने भएको हो । अर्थ मन्त्रालयले मंसिर १३ गते राष्ट्र बैंकलाई पत्राचार गर्दै २१ गते हुने दोस्रो चरणको निर्वाचनमा वस्तु वा सेवाको आपूर्ति, ढुवानी, निर्वाचन अनुगमन, तालिम प्रशिक्षण लगायतका गतिविधि सञ्चालन भइरहेकाले वस्तु तथा सेवा प्रदायक संघ संस्थालाई सुविधा दिन बैंक खोल्न आग्रह गरेको थियो । मतदान र निर्वाचन अनुगमनमा खटिने कर्मचारीलाई भुक्तानी गर्नुपर्ने कारण जनाउँदै अर्थ मन्त्रालयले यी २ दिनको सार्वजनिक विदामा पनि बैंक खोल्ने व्यवस्था मिलाउन आग्रह गरेको हो । निर्वाचन आयोगले अर्थ मन्त्रालयलाई सार्वजनिक विदाको दिन बैंक खोल्ने व्यवस्था मिलाउन पत्राचार गरेसँगै अर्थ मन्त्रालयलले राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।  अर्थ मन्त्रालयको आग्रहपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारोबार खुला राख्न निर्देशन जारी गरेको हो । मंसिर १६ गते शनिवार र १७ गते उभौली पर्वको सार्वजनिक विदा परेको छ । अब सार्वजनिक विदा परे पनि निर्वाचन हुने ४५ जिल्लामा रहेका बैंक तथा वित्तीय संस्था भने खुला राख्नुपर्नेछ । दोस्रो चरणको निर्वाचनमा काठमाडौं उपत्यका पनि पर्ने भएकाले अधिकांश बैंक खुला हुनेछन् । 

 
 
 
 
 

Post Your Comment