Market Closed

केन्द्रीय बैंकले किन गर्यो महिला स्वावलम्बनको लाइसेन्स खारेज ?

11 Dec,2017
  • nepal-rastra-bank-122222_12_11_2017_1_14_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थताको काम गर्ने महिला स्वावलम्बन समाजको इजाजत रद्द गरेको छ । २०५० सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको यो संस्थालाई राष्ट्र बैंकले २०५९ सालमा वित्तीय मध्यस्थताको काम गर्ने अनुमति दिएको थियो । तर राष्ट्र बैंकका अनुसार महिला स्वावलम्बन समाजले २०७२ वैशाख यता कुनै पनि वित्तीय विवरण पेश गरेको छैन । यस संस्थामा हाल कोही पनि कर्मचारी कार्यरत नरहेको, संस्था २ वर्षदेखि पूर्ण रुपमा निष्कृय रहेको, इजाजत पत्र नवीकरण नगरेको भन्दै केन्द्रीय बैंकले यस संस्थाको इजाजत रद्द गरेको जनाएको छ । उता, राष्ट्र बैंकले स्वावलम्बन समाजलाई वित्तीय मध्यस्थताको काम गर्न दिएको अनुमति रद्द वा खारेज किन नगर्ने भन्दै १५ दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । यस्तै, महिला स्वावलम्बनले असोज ९ गते लिखित रुपमा नै अनुमति पत्र रद्द गरिदिन भनेपछि राष्ट्र बैंकले इजाजद रद्द गरिदिएको हो । 
 
 
 
 

Post Your Comment