Market Closed

सभामुख र महालेखापरीक्षक बीच भेट, भ्रष्टाचार नियन्त्रण साझा मुद्दा

14 Mar,2018
  • mahara_3_14_2018_4_56_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र महालेखा परीक्षक टंकमणि शर्मा (दंगाल) बीच व्यवस्थापिका–संसद सचिवालयमामा भेटवार्ता भएको छ ।
 
भेटका क्रममा सभामुख महराले मुलुकमा राजनीतिक स्थायित्व मार्फत् समृद्धि र सुशासन हासिल गर्ने सरकारको लक्ष्य रहेको बताउँदै यो उद्देश्य प्राप्तिमा संघीय संसद् र महालेखा परीक्षकको समेत महत्वपूर्ण भूमिका रहने बताए ।  
 
महालेखा परीक्षक शर्माले लेखापरीक्षण स्थिति र प्रतिवेदन कार्यान्वयन अवस्थाका बारे जानकारी सभामुख महरालाई अवगत गराएका थिए । भेटमा सरकारी तथा सार्वजनिक निकायहरुको सेवा प्रवाह र आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरणमा ध्यान दिई भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको थियो । 
 
साथै, महालेखा परीक्षक शर्माले संघीय संसदलाई वार्षिक प्रतिवेदन मार्फत् देशको समग्र आर्थिक प्रशासन र सेवा प्रवाह अवस्थाका बारे जानकारी गराई सहयोग गर्ने प्रतिबद्धता जनाए । 
 
 
 

Post Your Comment