Market Closed

नासा सेक्युरिटिज भन्छ–सेमि अनलाइनको युजर नेम र पासवर्ड लिन आउनुहोस्

16 Apr,2018
  • nasa_img_4_16_2018_11_14_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : नासा सेक्युरिटिजले सेमि अनलाइन प्रणाली प्रयोगका लागि युजर नेम र पासवर्ड लिन लगानीकर्ताहरुसँग आग्रह गरेको छ । आइतबारदेखि नासाले पनि इन्टरनेटबाट सेयर खरिद बिक्री  आदेश दिन मिल्ने सेमि अनलाइन प्रणाली प्रयोगमा ल्याएको छ । यस प्रणालीबाट सेयर किनबेच आदेश दिन चाहने लगानीकर्ताले पहिला युजर नेम र पासवर्ड लिनुपर्छ । 

लगानीकर्ताले नासा सेक्युरिटिज (५८ नम्बर) मा सम्पर्क गरेर युजर नेम र पासवर्ड लिन सक्नेछन् । धितोपत्र बोर्डले सबै ब्रोकर कम्पनीलाई सेमि अनलाइन प्रणाली प्रयोगमा ल्याउन निर्देशन दिएको छ । आइतबार बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले क्रिष्टल कञ्चनजंगा सेक्युरिटिजमा यस प्रणालीको शुभारम्भ गरेका थिए ।

आइतबारदेखि नै क्रिष्टलसहित नासा सेक्युरिटिज र मिदास स्टक ब्रोकिङ कम्पनीले यसलाई प्रयोगमा ल्याइसकेका छन् । बाँकी ब्रोकर कम्पनीहरुले पनि अब यस प्रणाली तयार पार्नुपर्नेछ । लगानीकर्ताले इन्टरनेटबाट सेयर खरिद बिक्री आदेश दिन चाहेमा सबैले यो सुविधा उपलब्ध गराउनैपर्ने धितोपत्र बोर्डको भनाई छ । 

Post Your Comment