Market Closed

ग्रीनको जेठ १० देखि ६ लाख ५१ हजार २१३ कित्ता सेयर लिलामी

17 May,2018
  • Green-development-bank-Ltd_5_17_2018_10_59_31.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंकले ६ लाख ५१ हजार २१३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले जेठ १० गतेदेखि सर्वसाधारण समूहको ३ लाख १३ हजार ७१३ कित्ता र संस्थापक समूहको ३ लाख ३७ हजार ५०० कित्ता सेयर लिलामीमा ल्याइने जनाएको छ । यसमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहमा न्यूनतम १००० कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ । अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।
 
यता, संस्थापक सेयरका लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौं र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय हरिशंकर रोड, बग्लुङ्गबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । सर्वसाधारण समूहको लागि भने लक्ष्मी क्यापिटल नयाँ वानेश्वर तथा लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट फरम भर्न पाइनेछ ।
 
ग्रीनको केन्द्रीय कार्यालय तथा बेनी र पोखरा शाखाबाट पनि सर्वसाधारण समूहको बोलपत्र पेश गर्न सकिनेछ । बैंकले यसअघि ४००% हकप्रद सेयर निष्कासन गरेको थियो । त्यसबेला बिक्री नभएको हकप्रद अहिले लिलामी प्रक्रियामा लैजान लगेको हो ।

Post Your Comment