Market Closed

एनएमबि सुलभ इन्भेष्टमेन्टले इकाईधनीलाई दिने भयो २१.०५% नगद लाभांश

12 Oct,2018
  • nmb-sulav-investment-fund-1_2_27_2018_1_48_54.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ ले २१.०५% नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक एनएमबि क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित २१.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो फन्डको भदौ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य १३ रुपैयाँ ५४ पैसा रहेको छ ।
 
सुलभ इन्भेष्टमेन्ट फन्डले ६० वटा सूचीकृत कम्पनीको ८ लाख ६१ हजार ४०२ कित्ता सेयर होल्ड गरेको छ । सूचीकृत सयरमा कुल लगानी रकम ४३ करोड ९ लाख २९ हजार ९१ रुपैयाँ रहेको छ । यो फन्डको नेप्सेमा बिहीबारको अन्तिम कारोबार प्रतिइकाई १२ रुपैयाँ ७० पैसामा भएको थियो ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डले विगतमा दिएको लाभांश :



Post Your Comment