Market Closed

साना किसानको खुद नाफा ४९.२९% बढ्यो, प्रतिसेयर आम्दानी यस्तो आकर्षक

08 Nov,2018
  • Sana-kisan-bikas-bank-Ltd_7_13_2018_11_16_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : साना किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ४९.२९% ले धेरै हो । गत वर्ष यो लघुवित्तले ८ करोड २० लाख २२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
 
साना किसानको खुद ब्याज आम्दानी पनि ३३.५०% ले बढेर २१ करोड ८० लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै, संस्थाको सञ्चालन नाफा ४९.२९% ले बढेर १९ करोड २४ लाख २७ रहेको छ । गत आवको सोही अवधिमा १२ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
 
साना किसानले १६ अर्ब ४४ करोड ५८ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ६२ करोड ८८ लाख २७ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ७१ करोड ५३ लाख ४० हजार रुपैयाँ छ ।
 
यस संस्थाले प्रोभिजनमा १ करोड ७४ लाख ९३ हजार रुपैयाँ राखेको छ । खराब कर्जा ०.१०% रहेको साना किसानको कस्ट अफ फन्ड ६.७२% पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७७ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ३७२ रुपैयाँ ७८ पैसा छ । 
 

Post Your Comment